सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शनिबारबाट प्रधानमन्त्रीले भेटघाट गर्ने

शुक्रबार, १५ कात्तिक २०७६, १३ : ०८
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौँ– अल्ट्रा–फिल्ट्रेसन र हेमोडायलाइसिस गरेर दुई दिने अस्पताल बसाइपछि बिहीबार बेलुका फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिनभर बालुवाटारमै रेस्ट (आराम)गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्रीको शुक्रबार कुनैपनि कार्यक्रम वा भेटघाटको औपचारिक कार्यक्रम नराखिएको हो ।  ‘शुक्रबार आन्तरिक भेटघाटबाहेक अरु कुनै कार्यक्रम तय गरिएको छैन’ प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले भने,‘ सामान्य भेटघाट चाही भइरहेको छ, त्यसबाहेक अरु केही छैन ।’ 

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले भने,  प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको भन्दै शनिबारबाट आवश्यक्ताअनुसार प्रधानमन्त्रीले भेटघाट र अरु कामलाई निरन्तरता दिने जानकारी दिए । 

मेडिकलको भाषामा अल्ट्रा–फिल्ट्रेसन भनेको रगतमा भएको पानी निकाल्ने विधि र हेमोडायलाइीससबाट शरिरमा रहेको पानी र अन्य खराब तत्व निकाल्ने विधि हो । सामान्य स्वास्थ्य परीक्षणका लागि बुधबार ग्राण्डी अस्पताल लगिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या र यथार्थबारे उनको सचिवालय र उपचारमा संलग्न चिकित्सकहरुले दुई दिनसम्म सार्वजनिक नगरेपछि यसबारे चासो बढेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप