सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयमै आफूविरुद्ध प्रदर्शन भएपछि देउवाले जब औंलो ठड्याउँदै झपारे... (भिडियोसहित)

शुक्रबार, १५ कात्तिक २०७६, १४ : ३६
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– काँग्रेस पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो ।

शुक्रबार अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा उनीहरुले देउवाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए । प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए ।

विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए ।  नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप