सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेक्सको लोरीमा भेटिएका ३९ मृतक सबै भियतनामी

शनिबार, १६ कात्तिक २०७६, ११ : ११
शनिबार, १६ कात्तिक २०७६

एजेन्सी । प्रहरीले बेलायतको एसेक्समा रेफ्रिजेरेटरयुक्त गाडीमा भेटिएका ३९ जना मृतक सबै भियतानामी नागरिक भएको बताएको छ ।  

ती शव अघिल्लो हप्ता एसेक्स सहरको एक औद्योगिक क्षेत्रमा भेटिएको थियो । सुरुमा ती शवहरु चिनियाँ नागरिकको भएको आशंका गरिएको थियो । 

एसेक्स प्रहरीले आफूहरुले घटनासम्बन्धमा ‘भियतनाम र बेलायतमा रहेका परिवारसँग सिधा सम्पर्कमा गरिरहेको’ बताएको छ । त्यस्तै भियतनामी सरकारसँग पनि कुराकानी गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

आफ्ना परिवार सदस्य उक्त गाडीमा भएको डरमा कयैन भियतनामी परिवार प्रहरीकहाँ आइरहेका छन् । 

२६ वर्षीया फाम थि ट्रा माइले मंगालबार राती आफ्नो परिवारलाई पठाएको म्यासेजमा आफ्नो ‘विदेश भ्रमण असफल भएको’ बताएकी थिइन् । 

मृत्युको कारण बुझ्नको लागि ३१ पुरुष र आठ महिलाको शवको पोस्टमार्टम जाँच भइरहेको छ । 

एसेक्स प्रहरी विभागका सहायक चिफ कन्स्टेबल टीम स्मिथले लोरीको शवबारे भने ,‘अहिले हामी मृतकहरु भियतनामका नागरिक भएको विश्वासमा पुगेका छौं । हामी भियतनामी सरकारसँग सम्पर्कमा छौं ।’
उनले प्रहरीले कुनै पनि मृतकको पहिचान गर्न नसकेको पनि बताए । 

लण्डनस्थित भियतनामी दूतावासले आफूहरु ‘अत्यन्त मर्माहत’ भएको र मृतकका परिवारप्रति ‘हार्दिक श्रदान्जली’ व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।  

‘प्रत्येक मृतकका पहिचान भियतनाम र संयुक्त अधिराज्यका अधिकारीले पुष्टि गरिसकेका छैनन्,’ दूतावासले भनेको छ । 

दूतावसले ‘मृतकका परिवारलाई सघाउनको लागि भियतनाम र संयुक्त अधिराज्यका सम्बद्ध अधिकारीहरुसँग नजिकमा रहेर समन्वय गर्ने र आवश्यक परे मृतकलाई तिनको परिवारसम्म पु¥याउन सहयोग गरिने’ बताएको छ ।

संयुक्त अधिराज्यमा बसोबास गर्ने भियतनामी समुदायको संगठन ‘भियतहोम’ले आफूले प्राप्त गरेको २० सम्भावित मृतकको तस्विर प्रहरीलाई हस्तान्तरण गरेको बताएको छ । 

यसबीच भियतनामको हा तिन्ह प्रान्तका प्रहरीले आफूहरुले ‘संगठित मानव तस्कर’ गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको बताएको छ । 

त्यस्तै ब्रिटेनमा पनि घटनासम्बन्धमा शव भेटिएको लोरीका चालक मोरिस रोबिनसनलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई ३९ मानिसको अन्जान–वस हत्याको आरोप लगाइएको छ । 
त्यस्तै घटनासँग जोडिएका अन्य व्यक्तिको खोजीलाई तीव्र पारिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप