आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पेनी अदालतले गर्‍यो अनौठो फैसला : 'बेहोस' महिलामाथि बलात्कार हुँदा हिंसा नभएकाले बलात्कार मान्न सकिँदैन

शनिबार, १६ कात्तिक २०७६, १६ : ५८
शनिबार, १६ कात्तिक २०७६

एजेन्सी । स्पेनको एक अदालतले १४ वर्षीया एक युवतीसँग भएको सामूहिक बलात्कारलाई बलात्कार मान्न अस्वीकार गरेको छ । 

अदालतले आरोपीहरुलाई यौन दुर्व्यहारको नरम सजाय दिएको छ । अदालतको फैसलापछि महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् । 

अदालतले आफ्नो फैसलामा अपराधलाई बलात्कार नमान्नुको कारणमा भनेको छ ,‘युवती ‘बेहोसी अवस्थामा’ रहेकोले दोषीहरुले उनीसँग बल प्रयोग गर्ने कुरा आएन । यसैले यसलाई बलात्कार मान्न सकिँदैन ।’ 
स्पेनको कानुन अनुसार पीडितमाथि शारिरीक बल वा धम्की प्रयोग भएर हुने यौन दुर्व्यवहारलाई बलात्कार मानिन्छ ।  

घटनामा के भएको थियो ?
यो घटना सन् २०१६ को हो । क्याटेलोनियाको उत्तर–पूर्व क्षेत्रमा रहेको एक शहर मनारेसामा एक मदिरा उत्सव भइरहेको थियो । युवती उक्त कार्यक्रममा सहभागी हुँदा घटना भएको थियो । 

पीडितले अदालतमा दिएको निवेदनमा स्पेनका दुई, क्यूबाका दुई र अर्जेन्टिनाका एक युवकले मिलेर उनीमाथि यौन शोषण गरेका थिए । जब युवतीमाथि यौन शोषण भइरहेको थियो तब युवती अत्यधिक मदिरा सेवनका कारण होसमा थिइनन् । 

पाँच अभियुक्तहरुलाई १० देखि १२ वर्षको जेल सजाय सुनाइएको छ । यदी उनीहरुलाई बलात्कारको लागि दोषी पाइएको भए १५ देखि २० वर्षको जेल सजाय हुने थियो । 

यो मामिलालाई ‘मानरेसा वुल्फ’ प्याक प्रकरण नाम दिइएको थियो । यो नाम बलात्कारमा संलग्नहरुले फेसबुकमा बनाएको ग्रुपको नामबाट रहन गएको हो, जसमा उनीहरुले रक्सी उत्सवको समयमा कुनै अपरिचित युवतीलाई यौन शौषण गर्नेबारेमा कुराकानी गरेको पाइएको थियो । 

सबै अभियुक्तले आरोपलाई अस्वीकार गरेका थिए तर तीमध्ये एकको डीएनए महिलाको अण्डरवेयरमा पाइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप