मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १५ जनाको उद्दार

आइतबार, १७ कात्तिक २०७६, १४ : ३२
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । 
अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी रहेको छ भने दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिएको छ । 

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हो । 

स्थानीयले  बस सुनकोसी नदीमा खसेको बनाएका छन् । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् । 

बस सडकबाट करिब सय मिटर तल खसेकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप