मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अवैध रुपमा माछा मार्ने ५ जना पक्राउ

आइतबार, १७ कात्तिक २०७६, १६ : १०
आइतबार, १७ कात्तिक २०७६

धनुषा । जनकपुरधाम उपमहानगरपालिका कार्यालय परिसरमा रहेको दीर्घसागर पोखरीमा अवैध रुपमा माछा मार्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषा प्रहरीले करिब डेढ क्वीन्टल विभिन्न जातका माछा सहित उनीहरुलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा जनकपुरधाम वडा नम्बर ७ निवासी कमलेश गोसाई, राहुल सहनी, वीणा मण्डल, राहुल कुमार मण्डल, र जनकपुरधाम उपमहानगर वडा नम्बर ६ बस्ने रविकुमार साह रहेका छन् । उनीहरुको साथबाट करीब डेढ क्विन्टल माछा, महाजाल भनिने ठूला जाल समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सो पोखरी गुठी संस्थान मातहतमा रहेको छ भने उपमहानगरपालिकाले पनि दाबी गर्दै आएको छ । 

यता गुठीका कर्मचारी रामदयाल साहले गुठी संस्थान जनकपुरसँग कुनै किसिमको स्वीकृति नलिई अवैधरुपमा माछा मारिएको बताए । 

 जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रले  पनि जनकपुरधाम उपमहानरपालिकाले कुनै पनि किसिमको माछा मार्न वा सरसफाई गर्न लागि कसैसँग सम्झौता वा आदेश नदिएको बताइन् । 

यसैबीच प्रहरी नायब उपरीक्षक शान्तिलाल जयसवालले बरामद भएको माछा गुठी संस्थान जनकपुरलाई जिम्मा लगाएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप