सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुकुटे बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

आइतबार, १७ कात्तिक २०७६, १६ : ४४
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा १० जनाको मृत्यु र करिब दुई दर्जन व्यक्ति घाइते भएका थिए । 

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप