सिन्धुपाल्चोक बस दुर्घटनाः यी हुन् ४९ घाइते, ४७ जनाको धूलिखेल अस्पतालमा उपचार हुँदै (नामावली)
मृतकको संख्या १३ पुग्यो
आइतबार, १७ कात्तिक २०७६, १७ : ०३
काभ्रे। सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनकाे ठेगाना खुल्न सकेकाे छैन ।
यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।
आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत भइसकेको छैन ।
दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो ।
बसमा ६० बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकाेसी नदीमा खसेर दुर्घटना भएकाे हाे ।
घाइतेको नामावली