महराको थुनछेक बहस सोमबार पनि जारी
सोमबार, १८ कात्तिक २०७६, १२ : ५२
काठमाडौँ । जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान सवा ११ बजेबाट फेरि सुरु भएको हो ।
बन्द इजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो । शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आइतबारबाट सुरु गरिएको थियो ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ ।