एमसीसीले नेपाललाई दियो २०२ रनको लक्ष्य
सोमबार, १८ कात्तिक २०७६, १३ : ०६
काठमाडौँ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय एक रन बनाएको छ ।
एमसीसीका विल रोड्सले ५४ र विलि गोडलम्यानले ५२ रन बनाए । विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११–११ रन बनाएका थिए ।
बलिङमा नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले चार चार विकेट लिए । अविनास बोहोरा र करण केसीले एक एक विकेट झारेका थिए ।