प्रदेश प्रमुखमा माधव नेपालका एकजना पनि परेनन्
सोमबार, १८ कात्तिक २०७६, १४ : ३८
काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता नेपालले सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन् ।
नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमुखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए । नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।