सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनोनयनपत्र दर्ताको दुई दिन अघि पनि काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेन

मङ्गलबार, १९ कात्तिक २०७६, २१ : ३८
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने समय दुई दिन बाँकी रहँदा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उम्मेदवारको टुंगो लगाउन असफल बनेको छ । 

एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवार चयनका लागि काँग्रेसमा पटक पटक छलफल हु्ँदै आएपनि  विवादका कारण उम्मेदवार टुंगो लाग्न नसकेको हो । 

सहमतिको प्रयासस्वरुप मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकपनि उम्मेदवार चयन गर्न असफल बनेको छ । 

देउवा निवास बूढानीलकण्ठमा १० घण्टा चलेको बैठक विना निष्कर्ष टुंगिएको हो । बुधबार फेरि बैठक बसेर उम्मेदवारको टुंगो लगाइने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

अरु दल उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा होमिइसकेपनि काँग्रेस भने आपसी विवादमै रुमल्लिएको हो । 

निर्वाचन आयोगले मंसिर १४ को लागि उपनिर्वाचनको मिति तोकेको छ भने बिहीबार मनोनयनपत्र दर्ता गराउन कार्यतालिका तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप