सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्की २ बाट उपचुनाव नलड्ने धनराज गुरुङको घोषणा

बुधबार, २० कात्तिक २०७६, १२ : ४०
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन् ।

 उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् । 

कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ । 

 बुधबारको पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएका हुन् । सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजकि गरेका छन् । 

गुरुङले ‘मेरो उमेदवारीको चर्चा बारे !’ भन्दै लेखेका छन् 

‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको सन्दर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप