आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा यसरी भयो उम्मेदवार मनोनयनपत्र दर्ता (फोटोफिचर)

बिहीबार, २१ कात्तिक २०७६, १३ : २७
बिहीबार, २१ कात्तिक २०७६

भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।

भक्तपुर–१ (क) मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका नेता बामदेव गौतम, सांसद महेश बस्नेतलगायतको उपस्थितिमा ढकालले निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयनपत्र दर्ताका क्रममा नेकपाका कार्यकर्ताहरुको जुलुससमेत निर्वाचन कार्यालय पुगेको थियो ।

यस्तै नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए ।

भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । उनले पनि दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रबाट राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् । 

यस्तै समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मीले मनोनयनपत्र दर्ता गराएका छन् भने साझा पार्टीबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराए ।

सो क्षेत्रबाट तीन स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप