बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशाीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

शुक्रबार, ०२ भदौ २०७४, ०५ : ३०
शुक्रबार, ०२ भदौ २०७४

बि.स.२०७४ भाद्र ०३ गते । शनिबार । ईश्वी सन् २०१७ अगष्ट १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि द्धादशि,० घडी ५० पला, बिहान ५ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पुनर्वशु ३३ घडी ४७ पला,बेलुका ७ बजेर ०७ मिनेट उप्रान्त तिष्य । योग सिद्धि २५ घडि ३७ पला, दिउँसो ३ बजेर ५१ मिनेट उप्रान्त व्यातिपात । करण तैतिल, बिहान ५ बजेर ५७ मिनेट उप्रान्त गर,बेलुका ४ बजेर ४९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा छत्र योग । चन्द्ररासि मिथुन दिउँसो १ बजेर २९ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३७ मिनेट जादा । दिनमान ३२ घडी ३३ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिको सहयोगमा नयाँ काम गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । यात्राका क्रममा उपलब्धिमुलक नतिजाहरु हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसाय खस्केर जानेछ भने कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । घर परिवार तथा आफन्तलाई छोडेर यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुनै पनि काम गदा वा कामको सवालमा निर्णय गर्दा ध्यान दिनुहोला गलत व्याक्तिको सल्लाह सुझाब मान्दा गलत निर्णयहरु हुँन सक्छन् । पारिवारिक माहोलामा सामेल भई मिष्टान्न भोजन लिने अवसर आएपनि खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । पढाई लेखाईमा सुधार गर्दै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मानव निर्मित भौतिक साधन स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले तयारि बिनानै कुनै कुरामा दिईने प्रवचन तथा भासणले कुनै अर्थ नराख्ने उल्टै साख गिराउँन सक्छ ध्यान दिनुहोला । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशि लगानिका बस्तुहरुको व्यापार खस्केर जानेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ । लामो दुरिको यात्रा हुँनेछ भने मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थना पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । अध्ययनमा सफलता प्राप्त हुँने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानिमा प्रशस्त बढुवा हुँने तथा पुराना उठ्नुपर्ने रकम उठ्ने हुँनाले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि बढाई प्रसस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले लामो दुरिको यात्रा हुँने भएपनि बाटोमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्पर्धिहरुलाई हराउँदै नयाँ काम गर्ने अवसर आउँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । राज्यबाट लाभ लिने समय रहेकोछ भने राजनितिमा सर्बसाधारणको गतिलो समर्थन रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रम्न सकिनेछ । पैत्रिक सम्पतिको परिचालन गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्यसँग नजिक रहेको गरिने कुनै काम गर्दा ध्यान दिनुहोला पद घट्ने तथा बिभागिय कारबाहि हुँन सक्छ । व्यापार व्यावसायमा लगानि  गर्नको लागि मध्यान्हपछिको समय राम्रो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामकाज गर्न सकिने अवस्था रहनेछैन । साझपख खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गरि नाम कमाउँन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिष्पर्धामा प्रगति गर्न बढिनै समय दिनु पर्नेछ भने   स्वास्थ्यमा श्वास प्रवास तथा एलर्जि हुँन सक्छ सजक रहनु होला । मानशिक चिन्ता बढ्नुको साथै ऋण लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा अबिश्वास बढ्न सक्छ  । बैक तथा बित्तिय क्षेत्र तथा सट्टाको ब्याबसाय फस्टाएर जानेछ । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा मनग्गे फाईदा कमाउँन सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो,रमाईलो पारिवारिक यात्राको तय हुँनेछ भने माया प्रेम तथा पति पत्नि बिच प्रेमको डोरो झन कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुँनेछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले सवारि साधन तथा भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना हुँन सक्छन् । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धन तथा भौतिक सम्पति तथा आर्थिक लाभ हुँने समय रहेकोछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । मामा तथा मावलि पक्षबाट सहयोग प्राप्त हुँनेछ । साझपख जीवन साथिको सहयोगले राम्रा तथा परिणाम मुखि कामहरु गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा नाँफा कमाउँन  निकै नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा केहि खटपटको महशुष हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । दिनभर व्यास्त रहेपनि चाहेजस्तो पारिश्रमिक नपाईन सक्छ । बिद्यामा चाहेजस्तो सुधार नहुने हुनाले मन खिन्न रहनेछ । मध्यान्हबाट समय सुधार हुँने हुँनाले न्यायिकन निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सत्रु परास्त गर्दै कामहरु लिन बनाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्ला । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । स्वास्थ्यमा छाति सम्बन्धि समस्याले पिरोल्नेछ । पढाई लेखाईमा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला घाटा लाग्ने योग रहेकोछ । 

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप