कविताः नालापानी लिपुलेक
-सूर्यप्रसाद खनाल
छड्के दौड्यो भारतको ऊँट
कैसे दिन्छौ घोडे चेक ?
नालापानी लिपुलेक
कल्ले देला पिउँसे चेक ?
सत्तापक्ष, प्रतिपक्ष ?
छौ कि कतै नतमस्त !
नालापानी लिपुलेक ।
ओल्लो हो कि पल्लो भेग
कठैबरै कल्ले गर्ला थुन छेक ।
बुद्ध जन्मे यहाँ रे
उस्तै बन्यो त्यहाँ
कहाँ ?
यताकोले सोध्यो
यी यहाँ उताकाले भन्यो
खै कहाँ यताकाले भन्यो
हेर्छस् ? देखाइदिम ? धम्की दियो ।
हजुर हैन,
होइन मैले
ऊ त्यसले
भन्दै पो थियो ।
जनता अलमल्ल
सास फेरेका बल्लबल्ल !
नालापानी लिपुलेक,
सिमानामा झलमल्ल ।
प्रतिपक्ष ट्वाँ ट्वाँ
सकार निदाउँदै छ फ्वाँ फ्वाँ
नालापानी लिपुलेक
कसले देला घोडे चेक ?
कसरी होला थुनछेक ।
सरकार चलाउने ट्वाल्ल
होली वाइन पिउँने ह्वाल्ल
सके टालटुल नत्र पकछ्याल्ल
कोही यौन क्रीडामै अभ्यस्त
कोही वाइनमा मस्त
कोही अपराधी जोगाउनै व्यस्त
विचरा जनता इँटाभट्टीमा ध्वस्त !
तर वर्षौं पछि अपराधी समात्ने को होस् तँ ?
आयो आयो हल्ला आउँछ
सुन पक्र्यो मिडियामा छाउँछ
पक्रेको लेख्दा गाठी पाउँछ
पक्रेपछि कहाँ गयो ?
कि त्यो शुद्धै भयो ?
यस्तो लेखे पत्रकारले लाठी पाउँछ ।
शान्ति सुरक्षा ?
रक्षा कि भक्षा ? पढेको कति कक्षा ?
अपराधि समाउन
आयो आयो पुलिस आयो
एउटा पागल च्याप्प समायो
झुम्मिए पुलिस बारुला जस्तै
कस्तो रिस अहो मारुँला जस्तै ।।
बुटले गोदे
लाठी ठोके
एया.. एया...
पागल रोयो ।
कुइँया कुइँया
पुलिस रमायो
पागल समाइयो अपराधी भगाइयो
पुलिसको सेवा अहो
मिलोमतोमा अपराधी भाग्न सघाइयो ।
शासनधारीहरु जनताको लागि लडे रे ?
थुप्रै जनता मरे
थुप्रै विदुवा भए
अपाङ्ग भए
अलपत्र परे तर आँसु आएन
सन्तान गयो, मन विचलित भयो
शासक भक्कानियो तर रुनै पाएन ?
बालुवाटारको गाइँगुइँ
खुबै मायाँ लाएछ कि
केही दिनमै साइँ सुइँ
भन्दै पो थियो यो मेरै
दुःखको कमाइ मेरै
बालुवाटारको टुक्रो मेरै
ग¥यो फेरि सँुक्क, सुँक्क
र भन्यो यो मेरै हो धरोधर्म
तर नालापानी लिपुलेक
हराउँदा चुप्प चुप्प
थुक्क नालायक तेरो कर्म ।
गुल्मी