सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री सचिवालय सदस्य हेरफेर हुँदै

आइतबार, २४ कात्तिक २०७६, ०६ : २६
आइतबार, २४ कात्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका छन् ।

सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहेका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका हुन् ।

मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

जिम्मेवारी हेरफेर हुने भएसँगै सबै सल्लाहकारले राजीनामा दिने तयारीमा रहेका बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप