मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूर्वअर्थ सहायकमन्त्री रुपज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

आइतबार, २४ कात्तिक २०७६, १७ : ४०
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ । २१ कात्तिकमा ठगी आरोपमा पक्राउ परेका चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योति ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 
ज्योतिलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएको ५ दिनको समय दिइएको काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

 हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोपमा उनलाई काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप