जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते
सोमबार, २५ कात्तिक २०७६, १६ : ०१
बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ मा सोमबार जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते भएका छन् ।
बिहान सवा ११ बजे सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा१५च २१३८ नम्बरको जिपले रोकी राखेको भे१ह १९१९ नम्बरको अटोलाई ठक्कर दिएको हो । दुर्घटनामा परी अटोमा सवार ५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था भने गम्भिर छ । घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाइएको छ । जिप चालकलाई भने ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।