लोक सेवा आयोग प्रदेश सदस्यले लिए शपथ
सोमबार, २५ कात्तिक २०७६, १८ : ४३
बुटवल – प्रदेश ५ लोकसेवा आयोगमा नवनियुक्त सदस्य बाबुराम गौतमले सोमबार शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले नवनियुक्त सदस्य गौतमलाई शपथ खुवाएका थिए ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम नवनियुक्त सदस्य गौतमलाई शपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव चिरन्जिवी पौडेलले जानकारी दिए ।
आज सपथग्रहण गरेका गौतमसँगै सिफारीस भएकी राहेल पोखरेलको काजगपत्र नक्कली प्रेश गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोग छानविन गरिहेको छ । जसकारण पोखरेलका शपथग्रहण रोकिएको छ ।