आरएन कलेजका नेविसंघ इकाई अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा
सोमबार, २५ कात्तिक २०७६, १९ : १६
काठमाडौं– प्रहरीले नेविसंघका आरएन कलेजका इकाईअध्यक्ष प्रेम जिसीसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतले केहीदिन अघि आफ्नो देशको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेको विरोधमा नेविसंघले लैनचौरस्थित भारतीय राजदूतवास छेउमा विरोध प्रदर्शन गरेको थियो ।
सोही क्रममा सामान्य झडप हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनाचौरका प्रमुख डिएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।