तराई–मधेस दुर्तमार्गका तत्कालीन आयोजना प्रमुखमाथि सेनाको सोधपुछ
बुधबार, २७ कात्तिक २०७६, १९ : २०
काठमाडौं– नेपाली सेनाले काठमाडौं-तराई-मधेस दुर्तमार्ग सडक निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मुल्याँकन बोर्डका सदस्यहरुलाई सचेत गराएको छ ।
कोर्ट अफ इन्क्वायरी बोर्डले आयोजनाको सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट कार्यमा मुल्याँकन प्रक्रियामा नै ड्राफ्ट चुहावट भएको भन्दै सैनिक सचिव विभागमा सिफारिस गरेपछि उनीहरुलाई सचेत गराइएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी उक्त आयोजनामा विज्ञको रुपमा कार्यरत गैर–सैनिक व्यक्तिहरुलाई समेत सजग गराइएको जनाएको छ । विज्ञप्तिमा सरकारको निर्देशन बमोजिम सेनाले निर्देशित समय सीमाभित्र आर्थिक अनुशासनमा रहेर गुणस्तरीय,पूर्ण पारदर्शिता तथा मितव्ययी ढंगबाट काम सम्पन्न गर्ने विश्वास समेत दिलाएको छ ।