पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता
बिहीबार, २८ कात्तिक २०७६, १२ : ४१
धनकुटा । धनकुटा नगरपालिका–८ चुलिवनका २० वर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसँगै पौडी खेल्न गएका उनी अचानक नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।