देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिसँग डिभोर्सको तयारी, बन्यो ध्रुविकरण समिति
शुक्रबार, ०२ भदौ २०७४, १३ : १३
काठमाडौँ । नयाँ शक्तिमा असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेल सहितका नेताले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
केही दिनअघि पत्रकार सम्मेलन गरेर बृहत ध्रुविकरणको आह्वान गरेका पौडेलसहितका नेताले यस्तो समिति बनाएका हुन् ।
बृहत ध्रुविकरणको आह्वानसहित पत्रकारसम्मेन गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि औपचारिक ध्रुविकरणका लागि समिति बनाएका हुन् ।