कविता : देशको माया
शनिबार, ३० कात्तिक २०७६, ११ : ०३
-जीवनमित्र पण्डित
देशको छ माया भने जाग उठ
माटोको छ माया भने जाग उठ
सुस्ता कालापानी लिपुलेक तिलाठी
दसगजाको माया गर्न जाग उठ ।
सगरमाथा हाम्रो भनी जाग उठ्
सीता बुद्घ हाम्रा भनी जाग उठ्
आमा दिदी बहिनी अस्मिता यो देशको !
रक्षा गर्न देशका, सवै जाग उठ ।
बेला बितिसक्यो सबै जाग उठ
देश लुटी सक्यो, सवै जाग उठ
धैर्यताको सीमा नाघी सक्यो अब
नेपाली हौ हामी, सबै जाग उठ ।।