सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

शनिबार, ३० कात्तिक २०७६, १५ : ५५
शनिबार, ३० कात्तिक २०७६

चितवन । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।
 
ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नंको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नंको मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो ।
  
ग१७प ४५६४ नंको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप