यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर
आइतबार, ०१ मङ्सिर २०७६, ०८ : ३६
नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ४० पैसा र बिक्रीदर १२७ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३० पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः