माइतीघरमा घन्कियो ‘ब्याक अफ इन्डिया र चाइना’ को नारा (फोटोफिचर)
आइतबार, ०१ मङ्सिर २०७६, १७ : ३९
काठमाडौँ । भारत र चीनले नेपाली भूमि मिचेको भन्दै नेपाल विद्यार्थी संघको एक समूहले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
बुधबार माइतीघरमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले ब्याक अफ इन्डिया र ब्याक अफ चाइनाको नारा लगाउँदै नेपाली भूमि अतिक्रमण दवाव दिए ।
उनीहरुले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेटिएकोमा चर्को विरोध गर्दै भारतीय रवैकाको चर्को विरोध गरे ।
यस्तै संखुवासभा लगायत स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको उनीहरुको भनाइ थियो ।
विगतमा भारतको विरोधमा नाराबाजी हुँदै आएपनि आइतबार भने चीनको समेत विरोधमा प्रदर्शन भएको हो ।