कामना सेवा विकास बैंक ‘आठौं राष्ट्रिय कर दिवस २०७६’ मा सम्मानित
आइतबार, ०१ मङ्सिर २०७६, १८ : ४२
काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा ‘आठौं राष्ट्रिय कर दिवस २०७६’को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।