नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने
सोमबार, ०२ मङ्सिर २०७६, १२ : ४४
काठमाडौँ । नेपाल बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन लागेको जनाएको छ ।
९ अर्ब ८१ करोड ११ लाख चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको मंसिर १ गते बसेको बैठकले गरेको हो ।
यो लाभांश राष्ट्र बैंकको स्विकृति र आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।