मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनोनयन दर्ता चल्दैगर्दा पार्टी कार्यालयमा एमालेको पत्रकार सम्मेलन, के–के भने ओलीले ?

आइतबार, ०४ असार २०७४, ११ : ४३
आइतबार, ०४ असार २०७४


काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले नेपालका लागि दुवै छिमेकी देश चीन र भारत दुश्मन नभई सहयोगि भएको बताएका छन् । 


३५ जिल्लामा मनोनयन दर्ता चलिरहँदा पार्टी कार्यालय धुम्बराहीमा भएको पार्टी प्रवेश कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चीन र भारतको सहयोगबाटै नेपालको समृद्धि हुने बताए । अन्य दिनको तुलनामा आइतबार छोटो र अत्यन्त नरम शैलीमा भाषण गरेका अध्यक्ष ओलीले मधेसका  नेपालीलाई एमालेले कहिल्यै विदेशी नभनेको दावी समेत गरे ।

उनले भने‘ मधेसी नेताहरुले नाकाको आन्दोलन छोडेर तत्कालिन प्रधानमन्त्री सुशील कोईराला र पुष्पकमल दाहाल प्रचण्डलाई भोट हाल्न काठमाण्डौ आएको सवैलाई थाहा छ,  तर संविधानमा हस्ताक्षर गर्न भने आएनन् । यसले उनिहरुलाई संविधान भन्दा पनि सत्ता नै प्यारो रहेको देखिन्छ ।’


उनले जसले चोर्छ उसैले दारी टक्टक्याएको भन्दै दुई नम्बर प्रदेशमा एमाले हार्छ भन्ने तथाकथित बुद्धिजिवीले भ्रम फैलाएपनि त्यसमा कुनै सत्यता नरहेको र असोज २ कसले जित्ने र कसले हार्ने भन्ने थाहा पाउने बताए । राजपा देखाएर सरकारले २ नम्बर प्रदेशको निर्वाचन सारे पनि त्यसमा नेपाली कांग्रेसको स्वार्थ भएको ओलीको दावी थियो । २ नम्बर प्रदेशको चुनाव राजपाका कारण सारिएको होइन, यो चुनाव सार्नुको पछाडी कुटिल षड्यन्त्र छ, त्यो पछि थाहा हुदै जानेछ ।’


मधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति एमालेले सम्मान गर्ने बताएका ओलीले  जातजातीका नाममा हुने भइरहेका झगडा बन्द गर्नुपर्ने पनि बताए ।

उनले भने ‘ अव झगडा नगरौ झगडाले देश बन्दैन, एकतादले मात्रै देश बन्छ ।’ विश्वमा भएका साम्प्रदायिक दंगाकै कारण युद्ध भइरहेको स्मरण गरेका ओलीले कसैले पनि निषेधको राजनीति गर्नुनहुने बताए । सातवटै प्रदेशमा एमालेले जित्ने दावी गरेका ओलीले  स्थानीय प्रदेशको चुनाव नै असोजमा पुर्याएको सरकारले प्रदेश र संघको निर्वाचन कहिले गर्छ ? भन्दै प्रश्न गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप