विप्लव समूह निकटका पत्रकार चन्दा असुलेको आरोपमा पक्राउ
सोमबार, ०२ मङ्सिर २०७६, १६ : ३९
काठमाडौँ । विप्लव समूह निकटका एक पत्रकारलाई प्रहरीले चन्दा असुलेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका प्रह्लाद न्यौपाने रहेका छन् ।
चन्दा माग्दै गरेको अवस्थामा उनीलाई एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाले बताए ।
डीएसपी राणाले भने, ‘मुड्खुस्थित एक घरमा प्रल्हादले धम्क्याउँदै चन्दा मागिरहेका थिए । सोही क्रममा प्रह्लाद र रामचन्द्र न्यौपाने समेतलाई नियन्त्रणमा लिइएको हो ।’
रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको डीएसपी राणाले बताए । उनीहरु दाजुभाइ रहेको खुल्न आएको प्रहरीको भनाइ छ ।
यता प्रल्हादमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।