सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटल बीच सहकार्य
सोमबार, ०२ मङ्सिर २०७६, १८ : ५२
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट बीच सहकार्य हुने भएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई चिरायु हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।