काङ्ग्रेसले सार्वजनिक गर्यो उपनिर्वाचन प्रतिबद्धतापत्र
मङ्गलबार, ०३ मङ्सिर २०७६, १४ : २३
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सहितको टोलीले उपनिर्वाचनका लागि प्रतिबद्धतापत्रसहित प्रचार सामाग्रीहरु सार्वजनिक गरेको हो ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय अगाडि प्रवक्ता शर्मासहितको टोलीले सामूहिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरेका हुन् । आगामी मंसिर १४ गते उपनिर्वाचनमा हुँदैछ ।