तीन ट्याक्टर प्रहरी नियन्त्रणमा
शुक्रबार, ०२ भदौ २०७४, १८ : १५
सिरहा–ईलाका प्रहरी कार्यालय गोलबजारले अवैधरुपमा गागन खोलाबाट बालुवा निकालिरहेका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
खोलाबाट बालुवा झिकिरहेको बेला सत्यनारायण यादवको स.१ त ३७०१, विजय साहको स. १ त. ४३६० र दिनेश यादवको ना. ४ ख ११४२ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय गोबजारका सई दिलवहादुर दनुवारका अनुसार खोलाबाट बालुवा निकालिरहेका बेला प्रहरीको गस्ति टोलिले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर जिल्ला समन्वय समितिमा बुझाएको प्रहरीले जनाएको छ । प्रहरीको आँखा छलेर ट्याक्टर संचालकहरुले खोलाबाट वालुका निकाल्ने गरेका छन् ।