साँखु प्रहरीले समात्यो लागुऔषध कारोबारी
काठमाडौँ । बिहीबार बिहान साँखु प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई गोप्य सूचना प्राप्त हुन्छ ‘ठूलै मात्रामा चरेसको कारोबार हुँदैछ ।’
उनले तत्कालै टोली खटाउँछन् । र, लागूऔषध कारोबारीमा सङल्गनको पहिचान हुन्छ भारत बेतिया घर बताउने राकेश शाह ।
सामान उपलब्ध गराउने योजना बनाइरहेका साहले चढेको बा९६प ९८५३ नम्बरको बाइक साँखु इन्द्रेणी चोकमा नरोकिएपछि प्रहरीले उनको पिच्छा गर्दै जान्छ ।
फलो गर्दै प्रहरी टोली माकलवारी पुग्छ । साहले आफ्नो मोटरसाइकल रोक्छन् । मोटरसाइकल रोक्नेबित्तिकै साहमाथि प्रहरीले खानतलासी लिन्छ ।
खानतलासीको क्रममा साहको साथबाट अन्दाजी १ किलो लागुऔषध बरामद गरेको छ । पन्थीले भने, ‘साहको साथबाट १ किलो पोल्यान्ड बरामद भएको छ ।’
साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही समयअघि साँखु प्रहरीले १७ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिलाई पनि यसरी नै पक्राउ गरेको थियो ।