आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चर्चित बलिउड अभिनेत्री शबाना आजमीकी आमाको निधन

शनिबार, ०७ मङ्सिर २०७६, १० : ३०
शनिबार, ०७ मङ्सिर २०७६

एजेन्सी । चर्चित अभिनेत्री शबाना आजमीको आमा शौकत आजमीको मुम्बईमा निधन भएको छ । उनी ९३ वर्षकी थिइन् । 

स्वास्थ स्थिति बिग्रिएपछि शौकतलाई अस्पताल भर्ना गरिएको थियो । मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आईसीयूमा केही दिन रहेपछि उनको हिजो राति निधन भयो । 

उर्दूका चर्चित शायर तथा फिल्मी गितकार कैफी आजमी उनका श्रीमान थिए । 

कैफीको मृत्युपछि उनले ‘कैफी ओर मैं (कैफी र म)’ आत्मकथा लेखेकी थिइन् । त्यसको नाट्य रुपान्तरण पनि गरिएको थियो । 

शौकत आजमीले रंगमंच र फिल्ममा अभिनय गरेकी थिइन् । उनले कयैन फिल्ममा निभाएको भूमिकाको प्रशंसा भएको छ । त्यसमा अमराव जान र सलमान बम्बेजस्ता फिल्म पनि समावेश छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप