आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार पुनर्गठनका सम्बन्धमा उपेन्द्र यादव असन्तुष्ट

शनिबार, ०७ मङ्सिर २०७६, २३ : ०३
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारले मन्त्रिमण्डल पुनर्गठन गर्दा आफ्नो पार्टीलाई बेवास्ता गरेको आरोप लगाएका छन् । शनिबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी सत्ता साझेदार दल भएकोले मन्त्रिमण्डल हेरफेर गर्दा सल्लाह भएन, त्यसमा हाम्रो असहमति छ ।’  

नेता यादवले आजको बैठकले सरकार र नेकपासँग विगतमा भएको सम्झौताहरुलाई कार्यान्वयन गराउन वार्ता समिति निर्माण गरिएको समेत बताए । त्यसमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईसहित  चारजना रहेको बताए । वार्ता समितिले संविधान संशोधन लगायतका मुद्धामा छलफल गर्ने उनले बताए ।

यसअघि सो पार्टीबाट स्वास्थ्यमन्त्रीको रुपमा सरकारमा प्रतिनिधित्व गरिरहेका यादव सरकार पुनर्गठनपछि कानुन, न्याय तथा संसदीय मामला मन्त्रीको जिम्मेवारीमा रहेका छन् । सरकार पुनर्गठनका बेला यादव भारत भ्रमणमा रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप