आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालोसूचीमा दर्जनौं विदेशी कम्पनी, चिनियाँ कम्पनीको संख्या बढी

आइतबार, ०८ मङ्सिर २०७६, ०६ : ४५
आइतबार, ०८ मङ्सिर २०७६

विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ ।

व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सरकार आलोचित हुँदै आएको छ ।

सरकारले समयभित्रै काम नगर्ने तथा सम्झौताको पालना नगर्ने व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्दै आए पनि ढिलासुस्ती हट्न सकेको छैन । 

स्वदेशी व्यवसायी तथा कम्पनी मात्र नभएर दर्जनौँ विदेशी कम्पनीसमेत नेपाल सरकारको कालोसूचीमा परेका छन् । 

चिनियाँ कम्पनी सेन्जेन फराड इलेक्ट्रिकलाई कालोसूचीमा राखेको छ । यस्तै, चिनियाँ अर्को कम्पनी हुईझु झोंगचेंग इलेक्ट्रिक टेक्नोलोजी कम्पनी पनि कालोसूचीमा परेको छ । यस्तै नेपाल उड्डयन प्र्राधिकरणकोे अनुरोधमा चीनकै चाइना सानिक्स कन्ट्रक्सन ग्रुप र विद्युत् प्राधिकरणको अनुरोधमा सेन्ट्रल चाइन पावर ग्रिड इन्टर नेसनल इकोनोमिक एन्ड ट्रेड लिमिटेड पनि सन् २०२२ सम्म कालोसूचीमा छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप