आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त

आइतबार, ०८ मङ्सिर २०७६, ०६ : ५१
आइतबार, ०८ मङ्सिर २०७६

‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।

फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै नगर्ने जनचेतना र परिपाटीको विकास नभएसम्म बागमती सफा हुन नसक्ने अनुभवी बताउँछन् । कलकल पानीमा पौडी खेल्ने राजधानीवासीको सपना साकार हुन बागमतीमा फालिएको फोहोर सफा गरेर होइन, फोहोरै नगरेर सम्भव हुने अभियान्ताको मत छ ।

जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइ झनै जटिल हुँदै गएको छ । “सफाइ अभियान सुरु भएदेखियता कुपण्डोलको थापाथली पुल क्षेत्रमा जति पटक सफाइ गर्न जाँदा पनि फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोराहरू भेटिन्छन्,” पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले आफ्नो अनुभव सुनाउँदै भने, “यो क्षेत्रमा १० पटकभन्दा बढी सफाइ भइसक्यो तर फोहोरको पोका र बोरा भेटिने क्रम रोकिएको छैन ।” यो समाचार आजको राजधानी दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप