सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रियंका र बिपिन उत्कृष्ट नायक–नायिका, चलचित्रमा ‘छक्का पन्जा’

आइतबार, ०४ असार २०७४, १२ : ५७
आइतबार, ०४ असार २०७४

काठमाडौं – पाँचौं ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ शनिबार साँझ बाडिएको छ । नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला प्रमूख अतिथि बनाइएको राजधानीको हायात रिजेन्सी होटलमा आयोजित समारोहमा उत्कृष्ट नायक अभिनेता बिपिन कार्की चुनिदा उत्कृष्ट नायिकाको पुरस्कार अभिनेत्री प्रियंका कार्कीले हात पारिन् । बिपिनले चलचित्र ‘जात्रा’ र प्रियंकाले ‘छक्का पन्जा अभिनयका कारणले पुरस्कार थाप्न सफल भए ।

समारोहमा उत्कृष्ट चलचित्रको पुरस्कारमा ‘छक्का पन्जा’ले बाजी मार्यो । सर्वाधिक १५ विधाको मनोनयन भित्र परेको ‘छक्का पन्जा’ले उत्कृष्ट निर्देशक र हाँस्यकलाकार सहित ४ बिधामा अवार्ड हात पार्यो ।‘ छक्का पन्जा’ गत वर्षकै सर्वाधिक सफल चलचित्र हो ।

पुरस्कारमा आफ्नो वर्चस्व कायम गर्न भने व्यवसाहिक असफल चलचित्र ‘पुरानो डुंगा’ रह््यो  । ९ विधाको मनोनमा परेको चलचित्रले भएको संगीतकार, छायाँकार, पटकथा, सह–अभिनेत्री, सह–अभिनेता पुरस्कार आफ्नो पोल्टामा पार्यो । ‘पुरानो डुंगा’बाट क्रमश सैलेन्द्र डी. कार्की, कालीप्रसाद बास्कोटा –रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, मेनुका प्रधान, माउत्से गुरुङले पुरस्कार बुझे ।

त्यस्तै ११ विधामा मनोनित भएको चलचित्र ‘जात्रा’ले पुरस्कारमा नायकसँगै  ध्वनी मुद्रण र सम्पादन अवार्डमा चित्त बुझायो ।

‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान’ नाराका साथ २१ बिधामा बाडिएको पुरस्कार चलचित्र ‘डाइङ क्यान्डल’ले ५ हजार राशीको ‘मह जुरी राष्ट्रिय पुरस्कार’, ‘छक्का पन्जा’ले ५ हजार नगद राशीको ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र’को पुरस्कार हात पार्दा कान्तिपुर दैनिकका पत्रकार शुशिल पौडेलले ५ हजार नगद राशीसहित ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ थापे ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित पुरस्कार समारोह करिब तीन घन्टा चलेको थियो । अभिनेत्री मनिषा कोइरालाको उद्घाटनसँगै सुरु भएको कार्यक्रममा थुप्रै कलाकर्मीको उपस्थिती रहेको थियो भने आधा दर्जन बढी सेलिब्रेटीको सांगीतिक प्रस्तुति रहेको थियो । 

को को भए पुरस्कृत ?

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र
आमा सरस्वती गीतादेवी फिल्म्स प्रा.ली. (छक्का पन्जा)  
 

‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक
दीपाश्री निरौला  (छक्का पन्जा)  

‘शिव’ सर्वोत्कृष्ट अभिनेता
विपिन कार्की  (जात्रा)

‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री
प्रियंका कार्की  (छक्का पन्जा) 

‘नीर’ सर्वोत्कृष्ट सह–अभिनेता
माउत्से गुरुङ  (पुरानो डुंगा) 

‘वसुन्धरा’ सर्वोत्कृष्ट सह–अभिनेत्री
मेनका प्रधान  (पुरानो डुंगा) 

‘विश्व’ सर्वोत्कृष्ट नव–अभिनेता
आयुस्मान देसराज श्रेष्ठ जोसी (चपली हाईट २)

 ‘चैत्य’ सर्वोत्कृष्ट नव–अभिनेत्री
सुष्टि श्रेष्ठ (गाजलु) 

‘गोपालराज’ सर्वोत्कृष्ट हाँस्यकलाकार 
केदार घिमिरे  (छक्का पन्जा)  

‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक
रामबाबु गुरुङ र उपेन्द्र सुब्बा  (पुरानो डुंगा) 

‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार
सैलेन्द्र डी. कार्की (पुरानो डुंगा) 

‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक
मित्र गुरुङ (जात्रा)

‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार 
काली प्रसाद वास्कोटा (निरा जहिले रिसाउने (पुरानो डुंगा))

‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन
मीना निरौला  (ठमेल बजार (लूट २)

‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशन 
विक्रम स्वार  ( ठमेल बजार (लूट २)

‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ)
मनोजराज भण्डारी (जात्रा)  

‘शुभ’ उत्कृष्ट पाश्र्व संगीत
ईमान विक्रम शाह (चपली हाईट २)

‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक 
रोशन श्रेष्ठ – किङ्ग
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप