मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धादिङबाट पाटे बाघको छालासहित ६ जना पक्राउ

आइतबार, ०८ मङ्सिर २०७६, १३ : ५९
आइतबार, ०८ मङ्सिर २०७६

धादिङ । धादिङ प्रहरीले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ।  
                                         
 गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे भन्ने ठाउँबाट शनिबार साँझ सोही गाउँपालिका वडा नम्बर ३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आशिष तामाङ तथाबेनिघाट रोराङ  गाउँपालिका २ का सन्त तामाङ र राज कुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  

मोटरसाइकलमा सवार ६ जना व्यक्तिहरुलाई प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक  प्रजा र पछाडी सवार राजेन्द्र तामाङले बोकेको झोलाभित्र  ७ फिट २ इन्च लम्बाई‚ १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला १ थान फेला परेको थियो ।

त्यसपछि अन्य ४ जनाको पनि संलग्नता रहेको खुलेपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन  बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप