मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

आइतबार, ०८ मङ्सिर २०७६, १६ : ३०
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका कसुरदार काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । 

सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो । 

तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको  थियो । 
तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप