सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको मोवाइल पार्ट्ससहित एक जना पक्राउ
आइतबार, ०८ मङ्सिर २०७६, १९ : ३१
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरबाट सशस्त्र प्रहरीको टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाइल पार्ट््ससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् ।
गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।