सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

आइतबार, ०८ मङ्सिर २०७६, २१ : ३८
आइतबार, ०८ मङ्सिर २०७६

मोरङ । मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । 

बिजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कास्य पदक पाएको छ भने ईटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।

प्रतियोगिताको बिजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 

नेपाली टिम मध्ये निकटतम पदक बिजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यता, कुल १५ पदक जित्न सफल ईटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

 बिजेता टिम तथा खेलाडीहरुलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गरेका छन् । 

नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि ६ देशका ५२ टिमवीच प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप