आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

सोमबार, ०९ मङ्सिर २०७६, १८ : २७
सोमबार, ०९ मङ्सिर २०७६

एजेन्सी । नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएकी छिन् ।  राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कूल ११ जना उम्मेदवार रहेका छन् । 

तीमध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको छ । मुख्य प्रतिश्पर्धीमध्ये एक जना महिला पनि रहेकी छिन् । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा लामो समय काम गरेकी ५७ वर्षीया इस्थेर मुइनजाङगे देशको राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार भएकी हुन् । 

नामिबियामा यसअघिसम्म कोही पनि महिला राष्ट्रपतिका लागि उम्मेदवार समेत हुन नपाएको अधिकारीहरुले जनाएका छन् । उनी स्थानीय हेरेरो जातीय समूहकी महिला हुन् । उनीसँगै उनको समुदायले जातिय स्वतन्त्रता र उत्थानका लागि ठूलो संघर्ष गरेका थिए ।

उनी ‘नेसनल युनिटी डेमोक्र्याटीक अर्गनाइजेसन (एनयुडीओ) ’पार्टीको तर्फबाट गत मार्चमै उम्मेदवारका लागि छनौट भएका हुन् । सो पार्टी पनि महिलाले नेतृत्व गरेको नामिबियाको पहिलो पार्टी भएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् । –एएफपी/Photo: AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप