१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मङ्गलबार, १० मङ्सिर २०७६, १२ : २४
ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।