प्रधानमन्त्री ओलीको अप्रेसन सम्पन्न
मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ०५
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ ।
‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको चारपटक डायलासिस भैसकेको छ । पछिल्लो पटक गत आइतबारमात्रै उनको मृगौलाको डायलासिस गरिएको थियो ।