नक्कली नोट सहित एक जना पक्राउ
मङ्गलबार, १० मङ्सिर २०७६, १६ : ५६
बारा । सिम्रौनगढ नगरपालिका- ५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।