मोरङ प्रहरीद्वारा एकैदिन ४६ फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १० मङ्सिर २०७६, १७ : ४४
मोरङ । मोरङ प्रहरीले एकैदिन ४६ फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले चोरी, लागु औषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भइ फरार रहेका४६ जनालाई पक्राउ गरेको हो ।
प्रतिवादीहरुलाई सोमबार जिल्ला अदालत मोरङमा दाखिला गरिएकामा ती मध्ये अधिकांश तोकिएको जरिवाना दाखिला गरी छुटिसकेको प्रहरीले जनाएको छ ।